Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – इङ्ल्यान्ड युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डका खेलाडी अकान्जीले पेनाल्टी मिस गरेका थिए ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा खेलको ७५औं मिनेटमा स्विट्जरल्यान्डका ब्रील एम्बोलोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औं मिनेटमा इङ्ल्यान्डका लागि बुकायो साकाले बराबरी गोल गरेका थिए ।

अब इङ्ल्यान्ड सेमिफाइनलमा नेदरल्याण्डससँग खेल्ने छ । यो हारसँगै स्विट्जरल्यान्ड भने युरोकपबाट बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया