Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले शनिबार प्रधानमन्त्री (प्रचण्ड) पुष्पकमल दाहालसँग  बालुवाटारमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्री दाहालले कांग्रेस र एमाले मिलेर सरकार गठन गरेपछि यही असार २८ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्। तर, सरकारमा सहभागी एमालेले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको छ। अशोक राई नेतृत्वको जसपाले पनि सरकार छोडेको छ।

प्रधानमन्त्री दाहाल अल्मतमा परेपछि उनले विश्वासको मत लिन लागेका हुन् ।प्रधानमन्त्री दाहालले विश्वासको मत लिन असफल भए नयाँ सरकार गठन संविधानको धारा ७६ को ३ अनुसार हुनुपर्ने दाहालको चाहना छ । यस्तोमा ठूलो दलको नाताले सरकारको नेतृत्व स्वतः नेपाली कांग्रेसले गर्ने उनको बुझाई छ। एमालेले भने दाहालले तत्काल राजीनामा दिनुपर्ने अडान लिएको छ।

यही सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहालसँग गरेको भेटवार्ता विशेष महत्वको रुपमा हेरिएको छ। कोइरालामाथि पछिल्लो समय दलको नेता बन्नका लागि समूहका नेताहरुको दबाब रहेको छ।

 

 

तपाईको प्रतिक्रिया