Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शनिबार विश्वासको मत लिनुअघि मुख्यमन्त्री सतिशकुमार सिंहले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाएका छन्।

माओवादी केन्द्रबाट अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीबाट श्रम तथा यातायात मन्त्री उर्मिलादेवी सिंह चौधरी र संघीय समाजवादी पार्टीबाट गृह, संचार तथा कानुनमन्त्री विमला अन्सारी हटाइएका छन्।

मुख्यमन्त्री सिंहले तिनीहरूलाई बर्खास्त गर्दै मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएका छन्।

तपाईको प्रतिक्रिया