Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । भेनेजुएलालाई टाइब्रेकरमा ४-३ ले हराउँदै क्यानडा अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । पहिलो हाफको १३औँ मिनेटमा जाकोव सेफलवर्गको गोलमा क्यानडाले सुरुवाती अग्रता बनाएको थियो । तर ६४औँ मिनेटमा सोलोमन रोनडोनको गोलमा भेनेजुएला खेलमा फर्किएको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

क्यानडा सेमिफाइनलमा अब अर्जेन्टिनासँग भिड्नेछ । सेमिफाइनल खेल बुधबार हुनेछ ।

तपाईको प्रतिक्रिया