सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – काभ्रेपलाञ्चोकको दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ। गाउँपालिकाले कफी किसानलाई ८० पल्पर मेसिन, १०० कफी राख्ने जाली, ५०० मिटर पार्चमेन्ट जाली, बिन्स बनाउने मेसिन, महिचर मेसिन, डिजिटल तराजु र ह्याण्ड ग्रेडर जस्ता आधुनिक सामग्री वितरण गरेको छ।

गाउँपालिकाले एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती गर्दै आएको छ। आर्थिक वर्ष २०७९/८० मा एक लाख कफी बिरुवा वितरण गरेको पालिकाले चालु आवमा ९० हजार बिरुवा वितरण गरेको छ। गाउँपालिकामा १२०० व्यावसायिक कफी किसान छन्।

महाभारतको कफी जापान निर्यात हुँदै आएको छ। ‘हिमालयन लक्जरी विन्स’ कम्पनीले यहाँ उत्पादित कफी तीन वर्षदेखि जापान पठाउँदै आएको छ। गाउँपालिकाले कफीलाई पकेट क्षेत्रको रुपमा विकास गर्दै आएको छ र कफीमार्फत आर्थिक समृद्धि गराउने योजना रहेको छ।

तपाईको प्रतिक्रिया