सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी छानबिन समितिले पोखरास्थित सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जीबी राई र रवि लामिछाने संलग्न कम्पनीमा प्रवाह भएको पत्ता लगाएको छ। समितिका संयोजक सूर्य थापाले गोर्खा मिडिया नेटवर्कमा मात्रै १० करोड ९९ लाख प्रवाह भएको बताए।

संसदीय समितिले गृहसचिव, प्रहरी महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख र अपराध अनुसन्धान विभाग प्रमुखसँग छलफल गरेको थियो। प्रहरीले देशभरि ५५,४१० जनाले ५०३ सहकारीसम्बन्धी उजुरी दर्ता गरेको जानकारी दिए, जसमा ९८ उजुरीमा अनुसन्धान सकेर मुद्दा चलाइएको छ। काठमाडौंमा मात्रै ४०,००० बढी उजुरी दर्ता भएको छ। प्रहरीले ११५० प्रतिवादीमध्ये २९४ जनालाई पक्राउ गरेको छ भने ८५६ जना अझै फरार छन्। फरारमध्ये जीबी राई र बागलुङका मेयर देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ।

तपाईको प्रतिक्रिया