सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकालको नाम पार्टीको वेवसाइटबाट हटाएको छ । बिहीबार बिहानसम्म ढकालको नाम रास्वपाको वेवसाइटमा देख्न सकिन्थ्यो । तर अहिले उनको नाम देखिँदैन ।

बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गरेको थियाे । ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए ।

तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए । ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको आरोप लगाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया