सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले (प्रचण्ड ) यही असार २८ गते विश्वासको मत लिने भएका छन्। एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ। कांग्रेस र एमालेले प्रधानमन्त्री दाहाललाई तत्काल मार्गप्रशस्त गर्न भनेका छन्।

तर, प्रधानमन्त्री दाहालले संवैधानिक प्रावधानअनुसार संसदमा विश्वासको मत लिने बताएका छन्। आफूनिकट नेताहरूसँगको छलफलपछि असार २८ गते सदनमा विश्वासको मत लिने निर्णय गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

 

 

तपाईको प्रतिक्रिया