सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जिल्ला प्रहरी परिसर ललितपुरले अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। ललितपुर उपमहानगरपालिका-१४ ताल्छिखेलमा निर्माणाधीन घरमा छापा मार्दा झन्डै १७० ग्राम सुन, २४६ ग्राम चाँदी, सुन पगाल्ने मेशिन, डिजिटल तराजु, र ५० लाख चार हजार रुपैयाँ नगद बरामद भएको छ।

पक्राउ पर्नेमा तीन जना भारतीय (युवराज विभूते, विक्रम यलवर, अभिशेष विभूते) र दुई जना नेपाली (सिद्धान्त चौलागाईं, यसवन्त सुनार) छन्।

प्रहरीले चेकबुक, बैंक भौचर पनि बरामद गरेको छ। यस समूहले सङ्गठित रूपमा अवैध सुन कारोबार गरेको आशङ्का गरिएको छ। पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाइने छ।

तपाईको प्रतिक्रिया