सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने साहस देखाउनुपर्ने बताएका छन्। आज महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकारमा आफूहरूको सहभागिता रहेको उल्लेख गर्दै संसद्को सामना गर्ने हिम्मत राख्नुपर्ने आवश्यकता औंल्याए।

उनले पार्टीहरूबीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए। साथै, सबै राजनीतिक दलहरूले संसद्लाई बलियो बनाउन र वर्तमान प्रणालीलाई संरक्षण गर्न मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा, र परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘यो सरकारले संसद्को सामना गर्ने साहस देखाउनुपर्छ। पार्टीहरूबीचको सम्बन्धलाई कायम राख्नुपर्छ। सबै राजनीतिक दलहरूले संसद्लाई बलियो बनाउन र वर्तमान प्रणालीलाई जोगाउन मिलेर अघि बढ्नुपर्छ।’ अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्र अघि बढ्न आवश्यक रहेको पनि बताए।

तपाईको प्रतिक्रिया