सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

काठमाडौं – युरो २०२४ मा आजदेखि सुरु हुने क्वाटरफाइनलका खेलमा उपाधि दाबेदार टोलीहरुबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच हुनेछ ।

जर्मनी र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ । स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ । स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।

युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

राति पौने १ बजे सुरु खेलमा दुई पूर्व विजेता बीचको प्रतिस्पर्धा हुनेछ । फ्रान्सले सन् १९८४ र २००० मा उपाधि जितेको थियो । पोर्चुगलले भने सन् २०१६ मा फ्रान्समै भएको युरोमा फ्रान्सलाई हराएर पहिलो पटक उपाधि जितेको थियो ।

यस पटक फ्रान्सले सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । पोर्चुगलले पनि औसत प्रदर्शन गरिरहेको छ । दुवै टोलीमा राम्रा खेलाडी भए पनि मैदानमा त्यो प्रदर्शन देखिएको छैन ।

तपाईको प्रतिक्रिया