आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको राय फरक-फरक आएपछि यो मुद्दाको छिनोफानो हुन सकेन।

अब यो मुद्दा पूर्ण इजलासमा पेश गरिने भएको छ। गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए। मंगलबार अधिवक्ता भट्टराई र सहकारी पीडितका तर्फबाट जवाफी बहस भएको थियो, भने आज केही अधिवक्ताले जवाफी बहस गरेका थिए।

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्नसमेत माग गरिएको थियो।

 

 

तपाईको प्रतिक्रिया