आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो । संगठित अपराधमा अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्यादमा यो दोस्रो पटक थुनामा राख्ने अनुमति अदालतले दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी र संगठित अपराधअन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । गत शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद बिहीबार सकिएको थियो ।

 

तपाईको प्रतिक्रिया