आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराउने घोषणा गरेका छन्।

रुपन्देहीमा बिहीबार आयोजित महत्वपूर्ण सत्रमा, २०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू र उनीहरूका विद्यालयलाई सम्मान गर्दै उनले विभिन्न कक्षाहरू जस्तै अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका अनलाइन कक्षाहरू प्रदान गर्ने योजना बताएका छन्।

काठमाडौँबाट उनले गुणस्तरीय शिक्षकहरूलाई अनलाइनमार्फत शिक्षा प्रदान गर्ने योजना बताएका हुन्। उनले देशभरमा निःशुल्क अनलाइन शिक्षा सुरु गर्ने भएको छ र यसको लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह गरेका हुन्। उनले पेजमा सम्पर्क नम्बर छोडेर अनलाइन कक्षामा जोडिन सकिने आग्रह गरेका हुन्।

 

 

तपाईको प्रतिक्रिया