आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। बिहीबार काठमाडौंमा जारी महाधिवेशनको सचिवालय बैठकले नेपाललाई सर्वसम्मतले अध्यक्ष चयन गरेको हो।

असार १६ गतेदेखि काठमाडौंमा एकीकृत समाजवादीको महाधिवेशन चलिरहेको छ। महाधिवेशन हलमा अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले सर्वसम्मत अध्यक्ष चयन गरिएको घोषणा गरे। यसैगरी, खनाल पुनः सम्मानित नेतामा चयन भएका छन्। उनी यसअघिको कार्यकालमा पनि सम्मानित नेता थिए।

महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत चयन भएका छन्। भुसाल यसअघि पनि महासचिव थिए। अन्य केन्द्रीय सदस्य र बाँकी पदाधिकारीहरू शुक्रबारसम्म टुंग्याइने खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया