आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकालद्वारा तयार पारिएको समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। यस प्रतिवेदनमा ढकालले पार्टीप्रति आमनागरिकले राख्ने धारणा, समस्या, कमजोरी, र आगामी रणनीतिलगायतका निचोड प्रस्तुत गरेका छन्।

प्रतिवेदनमा उनले पार्टीमा अवसरवाद हावी भएको कुरा उल्लेख गरेका छन्। ‘पार्टी जन्मिएको जम्मा दुई वर्ष मात्रै भयो, तर हाल योगदानको चर्चा हुन्छ। रास्वपा अवसरवादीहरूको झुण्ड भइसकेको छ, त्यसैले पार्टीमा शुद्धीकरण आवश्यक छ, जुन केन्द्रबाटै हुन जरुरी छ,’ उनले भनेका छन्।

तपाईको प्रतिक्रिया