आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापान सरकारले आफ्ना सबै प्रणालीहरूमा फ्लपी डिस्क प्रयोग बन्द गरेको छ। विगत दुई दशकदेखि फ्लपी डिस्क प्रयोगमा रहेको जापान सरकारले अन्ततः यसलाई हटाउन सफल भएको छ। गत महिना, सरकारले आफ्ना सबै १०३४ नियामक निकायहरूमा डिसकोर्ड प्रयोग बन्द गरेको जनाएको छ।

जापानका डिजिटल मन्त्री तारो कोनोले भने, ‘हामीले २८ जुनमा फ्लपी डिस्कविरुद्धको युद्ध जित्यौँ।’ कोनोले सरकारी प्रणालीमा फ्याक्स मेसिन र एनालग प्रविधिको प्रयोगको विरुद्धमा पनि आवाज उठाइरहेका छन्।

कोरोना महामारीको समयमा २०२१ मा डिजिटल एजेन्सी गठन भएपछि, जापानले पुरानै प्रविधिको प्रयोगलाई निरन्तरता दिएको पाइएको थियो। कोनोले सरकारी प्रणालीलाई आधुनिकीकरण गर्न माग गरेका थिए। उनले रक्षा र परराष्ट्र मन्त्रालयसँगै कोभिड भ्याक्सिन सञ्चालन गर्ने अभियानको पनि नेतृत्व गरेका थिए।

तर, जापानको डिजिटलाइजेसन प्रयासले अवरोधहरू सामना गरेको थियो। एक कन्ट्याक्ट ट्रेसिङ एप असफल भएको र सरकारको माई नम्बर डिजिटल परिचय पत्र बारम्बार डाटा ग्लिचहरूको बीचमा ढिलो भएको थियो।

तपाईको प्रतिक्रिया