आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैंले सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेका मन्त्रीहरूले सम्हालेका सबै मन्त्रालयको कार्यभार तोकेका हुन्।

बुधबार साँझ एमालेका आठ जना मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका थिए। राजनीतिक समीकरण परिवर्तन भएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो।

 

 

तपाईको प्रतिक्रिया