आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने मागसहित दायर रिटको अन्तिम सुनुवाइका लागि भइरहेको बहस सकिएको छ।

सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ। अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए। हेर्दाहेर्दैमा रहेको सुनुवाइमा बिहीबार जवाफी बहस सकिएको हो।सपना मल्ल प्रधान र शारङ्गा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो।

पहिलो दिन बहस नसकिएपछि असार १८ गतेलाई हेर्दाहेर्दैमा राखिएको थियो। असार १८ गते पनि नसकिएपछि बुधबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। तर, स्थगित भएपछि बिहीबार सुनुवाइले निरन्तरता पाएको हो।

 

 

तपाईको प्रतिक्रिया