आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
समाचार सुन्नुहोस : 

काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकालाई पत्र काटेको छ। आयोगले वडा नम्बर २४ स्थित बाढी पीडितलाई नगर पालिकाको निर्णय विपरीत एक लाख पचास हजार र दुई लाख पचास हजार रकम बाँडेको विषयमा बुझ्न उपस्थित हुन पत्र काटेको हो।

पत्रमा भनिएको छ, “२०७७ सालमा धापाखेलमा आएको बाढी पहिरोका पीडितलाई नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरलाई हानि हुने काम गरेको भन्ने व्यहोराको उजुरी दर्ता भएको छ।” पत्रमा असार २६ गते बिहान १० बजे सक्कल नागरिकता र पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नम्बर ३ मा उपस्थित हुन भनिएको छ।

महानगरका मेयर चिरीबाबु महर्जनले हिजो अख्तियार आयुक्त सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएका थिए। महानगरले अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएको बताएको थियो। महर्जनले रिसइबी साँध्न पत्र काटिएको आरोप लगाउँदै आज दिउँसो मात्रै उक्त पत्र बुझिलिएको बताए।

तपाईको प्रतिक्रिया