आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण हालको राजनीतिक घटनाक्रम उत्पन्न भएको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले चार महिनाअघि नयाँ गठबन्धन बनेको भएता पनि अर्को गठबन्धन बन्ने सम्भावना नदेखिएको बताए। तर, प्रचण्डको अस्थिर चरित्रका कारण नयाँ गठबन्धन बनेको उनले जनाए।

थापाले कांग्रेस-एमालेको गठबन्धन बन्न प्रचण्डलाई नै जिम्मेवार ठहराउँदै चार महिनामा नै गठबन्धनमा अस्थिरता आउनुपर्ने कुनै कारण नरहेको टिप्पणी गरे। प्रधानमन्त्री प्रचण्ड सम्पूर्ण रुपमा अल्पमतमा परेकाले उनले छिटोभन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने थापाले बताए। प्रधानमन्त्रीसँग मार्ग प्रशस्त गर्ने वा विश्वासको मत लिने दुई विकल्प रहेको बताउँदै उनले आफूहरुले केहि दिन कुर्ने जानकारी दिए।

 

 

तपाईको प्रतिक्रिया