आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024

काठमाडौं – नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष उनीहरूले राजीनामा बुझाएका हुन् ।

उनीहरूको राजीनामा बुझेपछि प्रचण्डले कुनै राजनीतिक टिप्पणी गरेनन् । उनले एउटा कुरा भन्छु भन्दै एमालेका मन्त्रीहरूलाई फत्तेमानको गीत ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले’ सुनाएका छन् ।

एमालेका एक मन्त्रीले भने, ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले, भन्ने गीत प्रचण्डले सुनाउनु भयो । अरु कुनै राजनीतिक टिप्पणी गर्नुभएन ।’

‘गठबन्धन कुनै हालतमा नटुट्ने’ वचन दिएर कांग्रेससँग समीकरण गरेको भन्दै प्रचण्ड एमाले अध्यक्ष ओलीसँग रुष्ट छन् । माओवादी नेताहरूका अनुसार सम्भवतः कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग आउनु नै गल्ती हो कि भन्ने संकेतका रूपमा दाहालले उक्त गीत सुनाएको हुन सक्छ ।

तपाईको प्रतिक्रिया