बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – भरतपुर महानगरले आज मंगलबार एउटा विशेष कार्यक्रम आयोजना गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रहेका सन्दीप लामिछानेलाई सम्मान गरेको छ । यस कार्यक्रममा महानगरले उनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।सन्दीप लामिछानेले भरतपुर महानगर भित्र घर बनाउन लागेका जनाइएको छ । उनले भरतपुरमा बस्ने योजना बनाएका हुन्।

यसै हप्ता मात्रै सम्पन्न भएको टी २० विश्वकपमा लामिछानले दुई खेलमा सहभागी जनाएका थिए । आयोजक राष्ट्र वेष्ट इण्डिजले भिसा दिए पनि सहआयोजक अमेरिकाले भिसा नदिएपछि उनले दुई खेल मात्रै खेलेका थिए । उनी अमेरिका भएको दुई खेलमा सहभागी हुन नपाएका हुन् ।

उनी बंगलादेशका विरुद्ध दुई विकेट लिँदै विश्व कीर्तिमान बनाएका थिए र उनी टी २० फम्र्याटमा सबैभन्दा कम खेल खेलेर सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका थिए। उनीभन्दा कम खेल खेलेर सय विकेट लिनेमा अफगानिस्तानका रसिद खान पहिलो स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया