बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध कारबाहीको माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्। मंगलबार धरान-१३ का बासिन्दाले जिल्ला प्रशासन कार्यालय, सुनसरी अगाडि प्रदर्शन गर्दै धर्ना दिएका हुन्। उनीहरूले मेयर साम्पाङले अमर बस्तीस्थित खहरे खोलामा बनाइएको ग्याबिन पर्खाल भत्काएको आरोप लगाउँदै उजुरी दिएका थिए। प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएपछि धर्ना दिनुपरेको अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राईले जानकारी दिए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामचन्द्र तिवारीले ग्याबिन पर्खाल भत्काएको विषयमा छानबिन गर्ने आश्वासन दिएपछि स्थानीय बासिन्दाले धर्ना रोकेर फर्किएका थिए। प्रजिअ तिवारीले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

मेयर साम्पाङले असार ११ गते धरान-१३ स्थित खहरे खोलाको ग्याबिन पर्खाल भत्काएका थिए। स्थानीय बासिन्दाले असार १३ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए, जसमा करीब ३० मिटर पर्खाल भत्काइएको उल्लेख गरिएको थियो।

 

 

तपाईको प्रतिक्रिया