Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

मानव शरीरको लागी ८ घण्टा निद्रा आवश्यक छ । ८ घण्टा पुरा निदायौ भने हामी बिहान उठ्दा स्वस्थ र स्फूर्त महसुस गर्छौ । यदि हामी पर्याप्त निन्द्रा निदाउन पाएनौ भने शरीर नै आलस्य भएको महसुस हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसकारण शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा सुत्नुपर्छ । तर तपाई पुरा निन्द्रा सुतेर पनि दिनमा झुपझुप हुनुहुन्छ अथवा निन्द्राले छोपिरहन्छ ,पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो भने तपाईँमा स्वास्थ्य समस्या हाइपरसोम्निया भएको हुनसक्छ ।

शरीरलाई आवश्यकभन्दा बढी निद्रा लाग्नु हाइपरसोम्निया हो । यस्तोमा राति राम्रोसँग निदाएर पनि दिउँसो निद्रा लागिरहने हुनसक्छ । दिउँसो सुत्ने बित्तिकै हाइपरसोम्निया भयो भन्न पनि मिल्दैन ।

दैनिकीमा कुनै परिवर्तनका कारण कहिलेकाहीँ निद्रा लाग्नु सामान्य अवस्था हो । तर सातामा तीन दिन भन्दा बढी दिनमा पनि अत्यधिक निद्रा लागेर दैनिकीमा अवरोध ल्याइरहेको छ भने हाइपरसोम्निया भएको हुनसक्छ ।

कारण
हाइपरसोम्निया विभिन्न कारणहरुले गर्दा हुन्छ । खराब जीवनशैली, विभिन्न रोगदेखि औषधिहरूको प्रयोग यसको मुख्य कारक तत्त्व हो ।

अर्को भनेको थाइराइडको स्तर घटने अवस्था अर्थात हाइपोथाइराइड भएमा पनि यस्तो समस्या निम्तन सक्छ । यस्तै स्नायुसम्बन्धी रोगले गर्दा पनि हाइपरसोम्नियाको समस्या हुनसक्छ ।

मस्तिष्कमा पानी जमेको, सङ्क्रमण वा ब्रेन ट्युमर भएको व्यक्तिलाई पनि जतिखेरै निद्रा लाग्न सक्छ । विशेष गरी यो समस्या मस्तिष्कमा पानी जमेको बच्चामा देखिन्छ ।

मस्तिष्क रोग भएका व्यक्ति, रोगका कारण धेरै औषधि खानुपर्ने अवस्था भएका, हर्मोनल परिवर्तन, शरीरमा पानीको कमी डिहाइड्रेसन, निद्रासम्बन्धी रोग, पक्षघात, पार्किन्सन्स रोग, अत्यधिक मदिरा तथा नशालु पदार्थ सेवन, टाउकोमा लागेको चोट पनि यसको कारक हुनसक्छ ।

लक्षण

  • उठेपछि निद्रा नपुगे जस्तो हुनु, टाउको दुख्नु र चिडचिडेपन बढ्नु
  • रातमा निद्रा राम्रोसँग परे पनि दिनमा पनि निद्रा लागेर हैरान हुनु
  • हरेक समय थकान अनुभव हुनु, भोक नलाग्नु
  • कुनै पनि काम गर्ने जाँगर नहुनु वा मन नलाग्नु
  • निद्राबाट ब्युँझिन असहज हुनु तथा उठेपछि भ्रमित अनुभव गर्नु

बच्ने उपाय
राति सुत्नुअघि धेरै भारी खानेकुरा नखाने, हल्का खाना खाएर सुत्ने, मद्यपान र धूम्रपानबाट टाढै बस्ने, सुत्ने समय र उठ्ने समयको रुटिन बनाउने, तौललाई नियन्त्रणमा राख्ने,पौष्टिक चीजहरूको सेवनमा जोड दिने,शान्त वातावरणमा सुत्ने गर्ने,सकेसम्म हरेक दिन सक्रिय रहने,स्लिपिङ ट्याब्लेटको सेवन नगर्ने गर्नुभयो भने तपाई यस्तो समस्याबाट टाढै रहनुहुन्छ ।

तपाईको प्रतिक्रिया