बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मंगलबार प्रधानमन्त्री कार्यालय पुगे। नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यमा सहमति भएपछि गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

गृहमन्त्री लामिछाने सांसद स्वर्णिम वाग्लेसहित प्रधानमन्त्री कार्यालय गएका थिए। यसअघि उनले पार्टीका केही नेताहरूसँग गृह मन्त्रालयमा छलफल गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकले नयाँ गठबन्धनको सरकार गठन प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरिसकेको थियो।

तपाईको प्रतिक्रिया