बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारीहरूको बैठकमा यो निर्णय गरिएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस-एमाले गठबन्धन नागरिकको हितमा नरहेको दाबी गर्नुभयो। उहाँले नेपालको राजनीतिमा निरन्तर चलखेल भइरहेको बताउँदै अब बन्ने गठबन्धनमा रास्वपा सहभागी नहुने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा एक किसिमको अस्थिरता र चलखेल निरन्तर भइरहेको छ। यो नहोस् भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको चाहना हो। विगतमा पनि हामीले स्थायित्वका लागि प्रयास गरेका थियौं। सबै कुरा हाम्रो चाहना अनुसार हुँदैनन्। पछिल्लो समयमा भएका घटनाक्रमहरू नागरिकको हितमा छैनन्। त्यसैले अब बन्ने गठबन्धनमा हामी रहने छैनौं र सरकारमा सहभागी हुनेछैनौं। नयाँ सरकार गठन प्रक्रिया अघि बढेपछि हामी वर्तमान सरकार छोड्छौं।’

प्रमुख सचेतक परियारले पुराना राजनीतिक दलहरू पुराना परिपाटीबाट पछि नहटेको आरोप लगाउनुभयो।

तपाईको प्रतिक्रिया