बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालका लागि सहकार्य गर्न नसकिने जवाफ फर्काएका छन् । प्रचण्डसँगको टेलिफोन संवादमा देउवाले यस्तो जवाफ दिएका हुन् ।

देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने,‘एमालेसँग मिलेर सरकार बनाउने सम्झौता गरिसक्यौं । प्रचण्डजी अहिलेलाई सरी ।’एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि त्यसबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा नदिने निर्णय भएको छ । प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन् ।

सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया