बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डप्रति लक्षित गर्दै एउटा टिप्पणी गरेका छन्, जसमा उनले सधैं सबैलाई ठग्न नसकिने बताएका छन्।

कांग्रेस-एमालेसँगको सहमतिपछि सामाजिक सञ्जालमार्फत् डा. भट्टराईले प्रचण्डप्रति लक्षित गर्दै भनेका छन्, ‘केहीलाई सधैँ ठग्न सकिन्छ, सबैलाई केही समय ठग्न सकिन्छ, तर सबैलाई सधैं ठग्न सकिन्न। सन्दर्भ बुझौं!’

डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका थिए, तर पछिल्लो समयमा उनीहरूको सम्बन्ध बिग्रिएको छ। उनले प्रचण्डको आलोचना गर्दै आएका छन्, विशेष गरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि उनी प्रचण्डप्रति आक्रोशित भएका छन्।

 

 

तपाईको प्रतिक्रिया