बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

काठमाडौं – नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेका हुन् ।

एमालेका एक मन्त्रीले भने, ‘हामी १ बजेसम्ममा सम्भवतः प्रधानमन्त्रीलाई राजीनामा पत्र थमाइ सक्छौँ ।’ एमालेबाट सरकारमा आठ मन्त्री छन् ।

कांग्रेस र एमालेबीच सहमति जुटाउन सक्रिय दोस्रो तहका एक नेताका अनुसार एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पनि राजीनामा आउने दुई दलको विश्वास छ ।

तपाईको प्रतिक्रिया