बिहिबार, आषाढ २०, २०८१
Thursday, July 4, 2024

काठमाडौं – सत्ता समिरकणमा अप्रत्यासित फेरबदल आएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीमा दिने तयारीमा छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड राजीनामा दिन लागेका हुन् ।

यसका लागि उनले आवश्यक छलफल गरिरहेका छन् । गएराति सहमतीअनुसार एमाले र काँग्रेसबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो ।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको छ । पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन् । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिएर सरकारमा जानेछ ।

तपाईको प्रतिक्रिया