बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । एमालेको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई छलफलका लागि बालकोट बोलाइका हुन् ।

पछिल्लो समय कांग्रेस- एमालेको सरकार गठनका बारेमा छलफल चलिरहेको छ । यसै बेला ओलीले साँझ ६ बजेपछि अनौपचारिक छलफल गर्न बोलाएका हुन् ।

नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनाउने चर्चा भइरहेका ओलीले आज सबै मन्त्रीहरुलाई काठमाडौं उपत्यका नछाड्न र अलर्टमा बस्न निर्देशन दिएका थिए ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच बालुवाटारमा करिब ५ घण्टा छलफल चलेको थियो । दाहालसँगको कुराकानी आफू अनुकूल हुन नसकेमा ओलीले आफ्ना मन्त्रीहरूलाई राजीनामा गराउन सक्ने बताइएको थियो ।

तपाईको प्रतिक्रिया