बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

जापान – नेपाली पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघ निर्वाचनको प्रक्रियामा प्रवासमा रहेका सदस्यहरूलाई सामेल गराउन माग गरेका छन् ।

पत्रकार महासंघको निर्वाचन समितिले असार १४ गते प्रकाशित अन्तिम नामावलीमा प्रवास/वैदेशिक शाखाका सदस्यहरूलाई निर्वाचन प्रक्रियामा वञ्चित गरिएकोमा प्रवास शाखाहरू आपत्ति प्रकट गर्दै यस अलोकतान्त्रिक कदमको घोर निन्दा एवम् विरोध समेत गरेका हुन ।

शनिबार ९ देशको महासंघको प्रवास शाखाहरूले संयुक्त रूपमा विज्ञप्ति निकाले विभिन्न जोखिमहरू मोलेर विदेशमा रहेका ५० लाख नेपालीहरूबिच पत्रकारिता गर्दै आइरहेका सयौँ पत्रकारहरूलाई गरिएको उपेक्षा कुनै हालतमा पनि सह्य विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाल पत्रकार महासंघको विधानको परिच्छेद ५ को दफा १६ को उपदफा ४ अनुसार निर्वाचनमा सम्पूर्ण सदस्यहरूले मत हाल्न पाउनुपर्ने स्पष्ट प्रावधान हुँदाहुँदै विभिन्न बहाना बनाएर प्रवास शाखाका सदस्यहरूलाई वञ्चित गर्नुले निर्वाचनको वैधता माथि प्रश्न उठेको र महासंघका अध्यक्ष लगायत पदाधिकारीहरूलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि लोकतन्त्रको पहरेदार रहेको संस्थाले आफ्ना सदस्यहरूलाई मतदान प्रक्रियामा वञ्चित गरेर गरेको निर्वाचन लोकतन्त्रको मूल्य र मान्यता विपरीत हुने प्रवास शाखाहरूको ठहर छ ।

आगामी असार २२ गते समयसीमा तोके पनि निर्वाचन हुने वा नहुने अन्योल भइरहँदा निर्वाचनमा प्रवास शाखाका सदस्यहरूलाई तत्कालको लागि शाखाले सिफारिस गरे बमोजिम वा नेपालमा सम्बन्धित शाखाहरू मार्फत निर्वाचन प्रक्रियामा सामेल गर्न गराउन माग गरेको छ ।

नेपाल पत्रकार महासंघ,केन्द्रीय समिति, केन्द्रीय निर्वाचन समिति, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, क्रान्तिकारी प्रेस संगठन नेपाल लाई बोधार्थ गरेर ९ देशका शाखा र अमेरिकामा दर्ता रहेको नेपाल अमेरिका पत्रकार संघले समेत प्रवासका सदस्यहरूलाई निर्वाचन प्रक्रियामा बन्देज नगर्न निरन्तर दबाब दिँदै आएको छ ।

यस्तो छ विज्ञप्ति :-

तपाईको प्रतिक्रिया