बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि भिसा शुल्क दोब्बर भन्दा बढी बढाएको छ। विदेशीहरूको सङ्ख्या बढेर घर जग्गा बजारमा मूल्य वृद्धि अनियन्त्रित भएका कारण यो कदम चालिएको हो। जुलाई १ देखि अस्ट्रेलियामा पढ्न जाने विदेशी विद्यार्थीले भिसा शुल्क बापत १,६०० अस्ट्रेलियन डलर (१,०६८ अमेरिकी डलर) तिर्नुपर्नेछ, जुन पहिले ७१० अस्ट्रेलियन डलर थियो। साथै, आगन्तुक भिसा र अस्थायी ग्रयाजुएट भिसामा गएका विद्यार्थीलाई अस्ट्रेलियाबाट विद्यार्थी भिसाका लागि आवेदन दिन रोक लगाइएको छ।

अस्ट्रेलियाका गृह मामिला मन्त्री क्लेयर ओ’निलका अनुसार, यो कदमले विदेशी शिक्षा प्रणालीको अखण्डता ब्यूँताउन र निष्पक्ष, सानो, र धान्नसक्ने आप्रवासन प्रणाली बनाउन मद्दत गर्नेछ। सरकारी तथ्याङ्क अनुसार, सन् २०२३ को सेप्टेम्बर २० मा सकिएको एक वर्षमा अस्ट्रेलियामा खुद आप्रवासन ६० प्रतिशतले बढेर ५,४८,८०० को कीर्तिमानी स्तरमा पुगेको थियो।

भिसा शुल्क बढाइएकाले अस्ट्रेलियामा पढाई अमेरिका र क्यानडाको तुलनामा विदेशी विद्यार्थीका लागि महँगो पर्नेछ। अमेरिका जान चाहने विद्यार्थीले हाल विद्यार्थी भिसा शुल्क बापत १८५ डलर तिर्नुपर्छ भने क्यानडामा ११० डलर लाग्छ। साथै, विदेशी विद्यार्थीलाई अस्ट्रेलियामा बसाई अवधि निरन्तर थपिरहन सघाउने भिसा नियममा रहेका छिद्रहरू पनि टालिने सरकारको योजना छ।

 

 

तपाईको प्रतिक्रिया