बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

टोकियो – बिदेसिनु यतिबेला आम नेपालीहरूको बाध्यता बनेको छ । यही तीतो नेपाली समाजको कथालाई बडो सुन्दर अनि मार्मिक ढंगले प्रस्तुत गरिएको गीत सार्वजनिक भएको छ ।

जापानलाई कर्मथलो बनाइरहेकी सर्जक तथा गायिका रोशनी पन्तको नयाँ गीत ‘पाल्पा जाने दाइ…’ सार्वजनिक भएको हो । रोशनी पन्त युट्युबमार्फत सार्वजनिक भएको गीतमा रोशनीले स्वर दिएका छन् भने लय पनि उनकै छ । वसन्तराज पन्तको संगीत रहेको गीतमा म्युजिक एरेञ्ज बीबी अनुरागीको छ ।

बिदेसिएको प्रेमी वा आफन्त अनि उनैको प्रेमिका परिवारको दुःख र सम्झनालाई चित्रण गरिएको गीत निकै मार्मिक बनेको छ । प्रदेशमा रहेका आफ्ना मान्छेलाई सम्झिएर घरदेशको परिवार कसरी बसिरहेको हुन्छ भन्ने भाव गीतले बालेको छ ।

परदेशको जति मेहनत स्वदेशमै गरे सुन फल्ने सन्देश पनि गीतमा दिइएको छ । परदेशीलाई घर फर्किन आग्रह गरिएको गीत धेरै दर्शक-श्रोताले मन पराउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया