बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नका जवाफ दिँदै लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका हुन् ।

गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका घटना समेत राजनीतिक दाउपेचको सिकार हुने वर्तमान प्रवृत्ति सच्याउन आवश्यक भएको बताएका छन् । उनले भने, ‘कुनै एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव हुने होइन । पर्याप्त कानूनी आधार, स्रोत साधनसहित भएका संरचनाहरूको स्तरोन्नति आवश्यक छ । मेरो र उसको नभनी सबैका पालामा चर्चामा आएका प्रत्येक प्रकरणको छानबिनका लागि राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभई निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव छ ।’

तपाईको प्रतिक्रिया