बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडौं – तारा एयरले पोखराबाट जोमसोमका निम्ति उडेको आफ्नो विमान सम्र्पकविहीन भएको भन्दै झुटो हल्ला फैलाइएको जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले केही गलत मनसायका व्यक्तिले झुटो हल्ला फैलाएको उल्लेख गरेको छ । कम्पनीले त्यस्ता हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।

गलत सूचना फैलाउनेविरुद्ध कानुनी कारबाही अघि बढाउने कम्पनीले चेतावनी दिएको छ । ‘गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अगाडि बढाउने समेत सूचित गरिन्छ,’ तारा एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया