बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गर्यो। जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का अनुसार ‘एच–थ्री नम्बर थ्री’ रकेट तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडाएर १६ मिनेटपछि लक्षित कक्षमा ‘पे लोड’ राखियो।

‘एडभान्स्ड ल्यान्ड अब्जर्भेसन स्याटेलाइट (एएलओएस–४) लाई ज्वालामुखी, भूकम्पीय गतिविधि, विपद् प्रतिकार्य र नक्सा निर्माणको लागि पृथ्वी अवलोकन र तथ्यांक संकलनको जिम्मा दिइएको छ। यसले मिसाइल प्रक्षेपणजस्ता सैन्य गतिविधिहरूको निगरानी गर्न पनि सक्षम छ।

जाक्साका अध्यक्ष हिरोशी यामाकावाले यो सफल प्रक्षेपणलाई जापानको अन्तरिक्षमा पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने ‘पहिलो बृहद् कदम’ भनेका छन्। जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रुपमा सफल भएको बताए। यो एच–३ प्रणालीको तेस्रो प्रक्षेपण हो। पहिलो प्रक्षेपणको असफलतापछि एक वर्ष पहिले रकेटको ‘पे लोड’ नष्ट गर्नुपरेको थियो।

तपाईको प्रतिक्रिया