बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडौं – सामाजिक सञ्जालमा ‘पोखराबाट जोमसोम उडेको तारा एअर सम्पर्कविहीन’ भएको भन्ने हल्लामा सत्यता नरहेको प्रहरीले बताएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दुर्गा सिंहले सामाजिक सञ्जालमा आएको खबरमा सत्यता नभएको बताएकी हुन् ।

उनले पुरानो विमान दुर्घटनाको हल्ला फिँजाइएको बताइन् । उनले भनिन्, ‘सामाजिक सञ्जालमा आएको हल्ला मात्र हो, सबै ठिक छ, पुरानो दुर्घटनाको हल्ला फिँजाइएछ ।’

डिआईजी सिंहले पोखराबाट १२ बजेभन्दा पछाडि जोमसोमको कुनै उडान नहुने स्पष्ट पार्दै यतिबेला यस्तो हल्ला चलाउन नहुने पनि जनाएकी छन् । सामाजिक सञ्जालमा उक्त हल्ला व्याप्त भएपछि तारा एयरले पनि हल्ला भएको कुरा जनाएको छ ।

दुई वर्ष अघि अर्थात् २०७९ साल जेठ १६ गते जोमसोम उडेको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया