बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ  – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई अप्ठेरो पार्ने काम भएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दलका नेताहरूले महानगरपालिकाका प्रतिनिधिलाई फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएका कारण महानगरपालिकाको बजेट आउन नसकेको बताए। शाहीले दलहरूको राजनीतिको कारण काठमाडौँ महानगरपालिकाको बजेट अस्तव्यस्त भएको र दलविहीन राजनीति हुनुपर्नेमा जोड दिए। साथै, उनले मन्त्रीहरूले गर्नुपर्ने र नगर्नुपर्ने कामहरू संसद्को भित्तामा लेखेर राख्न माग गरे।

उनले भने,– ‘एउटा वडाध्यक्षलाई दलको शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइराखेको छ । संसद् हो यहाँ दलको आवश्यकता छ, दलीय राजनीति गरौँ । तर स्थानीय तहमा अब दलविहीन राजनीतिको आवश्यकता छ । काठमाडौँ महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको छ । त्यहाँका जनप्रतिनिधिहरूलाई जनताले स्थानीय वडाध्यक्ष चुनाएका हुन् कि कुनै दलको कार्यकर्तालाई चुनाएका हुन् रु हामी सबैले के बुझ्न आवश्यक छ भने यदि साँच्चै देश विकास गर्ने हो, साँच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित मान्छेहरूलाई स्वतन्त्र छोडिदिऊँ । आज काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वतन्त्र चुनाव जितेकै कारणले उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने, कुन नेताको घरमा हाजिर लगाएर त्यहाँका कार्यपालिका सदस्यहरूलाई नारा जुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त पार्ने काम बन्द गरियोस् । र स्थानीय तहमा दलविहीन राजनीति होस् ।’

तपाईको प्रतिक्रिया