बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको संलग्नता नरहेकाे जनाएकाे छ ।

सुन तस्करीको दोस्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाटका क्रममा सीआईबीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले बताए । ज्ञवालीले ६० किलो सुन तस्करीमा महरा र दिपेशको संलग्न नभएको जानकारी गराएका हुन् ।

ज्ञवालीले उनीहरू विरूद्ध भेप प्रकरणमा भने अनुसन्धान जारी रहेको जनाए । ‘६० किलो सुन तस्करीको अनुसन्धानमा कृष्णबहादुर महरा र दिपेश पुनको संलग्न भेटिएन । भेप प्रकरणको अनुसन्धान अझै जारी छ,’ एआईजी ज्ञवालीले भने ।

यो पनि : पाँच ‘डमी कम्पनी’मार्फत ३० अर्बको सुन तस्करी

तपाईको प्रतिक्रिया