बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले भ्रामक समाचार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाउँदै प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छिन्। नेतृ देउवाले तथ्यहीन र भ्रामक समाचारले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै प्रेस काउन्सिलमा उजुरी दर्ता गराएकी हुन्।

उनका स्वकीय सचिव कमल रावलद्वारा दर्ता गरिएको उजुरीमा भनिएको छ, ‘माननीय आरजु राणा देउवालाई जोडेर प्रकाशित/प्रसारित भएका समाचारहरू तथ्यहीन र भ्रामक छन्। यसले उहाँको चरित्र हत्या गर्ने उद्देश्यले प्रकाशित भएका छन्। त्यसैले, यसका सम्पादक, प्रकाशक, र समाचार तयार गर्ने सञ्चारकर्मीलाई कानुनअनुसार कारबाही गरी उक्त भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु।’

 

 

तपाईको प्रतिक्रिया