बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडौं – चर्चित गायिका स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ । नवराज ढुङ्गानाको शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडिओमा प्रियङ्का कार्की, कविता नेपाली, सरोज वलीलगायतको अभिनय छ ।

वली सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन् । प्रियङ्का-सरोजले यसअघि ‘ए केटा मादलु पड्का’मा सँगै अभिनय गरेका थिए ।

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतको भिडियो छायाङ्कन र सम्पादन पवन सुस्लिङले गरेका हुन् । भिडिओको निर्देशन गम्भीर विष्टले गरेका छन् । गायिका स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत हुन् ।

 

तपाईको प्रतिक्रिया