बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी-२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई १२५ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। बीसीसीआईका सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई १२५ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन्।

“आइसीसी पुरुष टी-२० विश्वकप २०२४ जित्ने टोली इन्डियाको लागि १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म अत्यन्तै खुसी छु। टोलीले प्रतियोगिता अवधिभर असाधारण प्रतिभा, दृढता, र खेलकुद प्रदर्शन गरेको छ। यस उत्कृष्ट उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक, र सहयोगी स्टाफलाई बधाई,” उनले लेखेका छन्।

टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको थियो। यो उपाधि जितेर भारतले दोस्रोपटक टी-२० विश्वकपको विजेता बनेको हो।

तपाईको प्रतिक्रिया