बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हिजो सुरु भएको महाधिवेशनको बन्दसत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ।

प्रतिवेदनहरूमा छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया प्रारम्भ हुने एकीकृत समाजवादीले जनाएको छ। एकीकृत समाजवादीले केन्द्रीय सदस्य २९९ र केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने निर्णय गरेको छ। साथै, अहिलेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको छ।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र घनश्याम भुसालको नाम चर्चामा छ। तर, सर्वसम्मत रुपमा नेतृत्व चयन हुने कुरा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन्।

 

तपाईको प्रतिक्रिया