बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उनीहरूबीचको भेटवार्तामा समसामयिक विषयवस्तुमाथि छलफल भएको छ ।

प्रचण्ड र ओलीबीच आइतबार पनि भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए ।

शनिबार ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ३ घण्टा लामो छलफल भएको थियो । उक्त छलफलपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । यही आशङ्काबीच प्रचण्ड र ओलीले निरन्तर भेट गरिरहेका हुन् ।

तपाईको प्रतिक्रिया