बुधबार, आषाढ १९, २०८१
Wednesday, July 3, 2024

काठमाडाैं – यतिबेला सरकारी गाडीले नै ट्राफिक नियमको धज्जी उडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ललितपुरको सातदोबाटोस्थित चक्रपथ (रिङरोड)मा बा १ झ ७६७४ नम्बरको सरकारी गाडीले मेडियमनै पार गरेर अर्को लेनमा गएको भाइरल भिडियोमा देखिएको छ ।

उक्त भिडियोमा धेरैले नकारात्मक प्रतिक्रिया दिइरहेका छन् । यसैबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त सवारी साधन र चालकलाई खोजेर कारबाही गरेको जनाएको छ । कार्यालयले चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको बताएको छ । उक्त गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको खुलेको छ ।

तपाईको प्रतिक्रिया