मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। गत शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका झालाई आज अदालतमा उपस्थित गराइएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा केही मानिसहरू पक्राउ परेपछि उनी फरार थिए।

झाको संलग्नता देखिएपछि प्रहरीले पूरक जाहेरीमार्फत उनलाई प्रतिवादी बनाएको थियो। यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ अधिकारीहरू पक्राउ परिसकेका छन्।

पूर्व गृहमन्त्री खाँण अहिले धरौटीमा रिहा भएका छन् भने पूर्व उपप्रधानमन्त्री रायमाझी, सचिव पाण्डे लगायतका व्यक्तिहरू थुनामै छन्।

तपाईको प्रतिक्रिया