मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निमन्त्रणा गरेको तर उनीहरू उपस्थित नभएको बताएका छन्।

आजदेखि सुरु भएको एकीकृत समाजवादीको महाधिवेशनमा एमालेका नेताहरूको अनुपस्थितिको विषय उठेपछि अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० पटक फोन गरेको दाबी गरे। उनले भने, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन। उहाँका पीएहरुलाई म्यासेज पनि पठाएको छु, जुन उहाँहरूले प्राप्त गरेको जानकारी पनि पाएको छु। ३ वर्षको पुरानो घाउको कारणले आउनु भएन होला। राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यकता छैन।’

आज सम्पन्न एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा एमालेबाहेक सबै दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया