मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक प्रणालीको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

आइतबार प्रज्ञा भवनमा आयोजित एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले पूर्वप्रधानमन्त्री नेपालको योगदानलाई उच्च मूल्यांकन गरे।

‘यो पार्टीले वर्तमान राजनीतिक संरचनाको संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ देउवाले भने, ‘माधवजीले नेपालको राजनीति संरक्षणका लागि उल्लेखनीय भूमिका खेल्नुभएको छ।’

सभापति देउवाले एकीकृत समाजवादीको महाधिवेशन सफलताको कामना पनि व्यक्त गरे। ‘म यहाँहरूको महाधिवेशन सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले भने।

 

 

तपाईको प्रतिक्रिया